काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ६.६५ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार २६९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो।
हाल लघुवित्तको ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी छ। बोनस सेयरमा लाग्ने करका लागि लघुवित्तले ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३ रुपैयाँ नगद लाभांश छुट्याएको छ।
नेपाल राष्ट्र बैंकको र साधारण सभाबाट स्वीकृतपछि सेयरधनीले सो प्रतिफल पाउनेछन्।



