बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

जसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

उक्त लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्