PRABHU BANK

कुमारी बैंक र पवन मिष्ठान भण्डारबीच सम्झौता, ५ प्रतिशतसम्म छुट पाइने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेड र पवन मिष्ठान भण्डारबीच सम्झौता भएको छ । बैकले बुटवलमा रहेको पेडा तथा मिठाईका लागि प्रसिद्ध पवन मिष्ठान भण्डारसँग सम्झौता गरेको हो । 
उक्त सम्झौतापछि बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डवाहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा र मिठाईलगायत अन्य खाद्यवस्तुमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । सम्झौतामा कुमारी बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले आउँदै गरेको तिहारमा ग्राहकले गुणस्तरीय व्यञ्जनलगायत मिठाईमा छुट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । बैंकले हाल देशभर रहेको १ सय ८४ शाखा सञ्जाल, १ सय ४४ एटीएम, २१ शाखारहित बैंकिङ सेवा तथा १३ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै