काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ९आरबीबी० ले देशभरका शाखा कार्यालयको सुरक्षा जिम्मेवारी गरुड सेक्युरिटीज प्रालिलाई दिने भएको छ। बैंकले करिब ९ सय ५० भन्दा बढी सुरक्षा श्रमिक आपूर्ति गर्ने प्रस्तावसहित गरुड सेक्युरिटीजलाई छनोट गरेको हो।
बैंकको सामान्य सेवा विभागका अनुसार गरुड सेक्युरिटीजलाई सुरक्षा जनशक्ति उपलब्ध गराएबापत ७४ करोड ५३ लाख १३ हजार ६७९ रुपैयाँ भुक्तानी गरिनेछ।
सुरक्षा श्रमिक आपूर्तिका लागि बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो। सो अवधिमा नेपाल एक्स–टू सेक्युरिटी सर्भिस, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस, नवदुर्गा सेक्युरिटी गार्ड सप्लाइ, गरुड सेक्युरिटीज, कान्तिपुर सेक्युरिटी सर्भिस र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस गरी ६ कम्पनीले आवेदन दिएका थिए।
मंसिर २ गते बैंकले सबै आवेदनदाता कम्पनीलाई बोलाएर गोलाप्रथाबाट छनोट प्रक्रिया सञ्चालन गरेको थियो। त्यसै प्रक्रियाबाट गरुड सेक्युरिटीज अन्तिम रूपमा चयन भएको बैंकले जनाएको छ।




