काठमाडौँ। सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्टबीच सम्झौता भएको छ। बैंकले दक्षिणकालीस्थित चम्पादेवी हिलसाइड रिसोर्टसँग छुट सुविधा सम्बन्धी सहकार्य सम्झौता सम्पन्न गरेको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा भुक्तानी गर्दा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार चम्पादेवी हिलसाइड रिसोर्टमा कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुटका साथ सेवा लिन सक्नेछन्।
साथै, एसबिएलएनपिएल टिकट होल्डरहरूका लागि एसबिएलएनपिएल सिजन-२ अवधिभर लागू हुने विशेष छुटको व्यवस्था गरिएको छ। टिकट प्रस्तुत गरी भुक्तानी गर्ने ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ।
सहकार्यको उद्देश्य बैंकिंग सेवालाई जीवनशैली, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा विस्तार गर्दै ग्राहकलाई प्रत्यक्ष सुविधा उपलब्ध गराउनु रहेको बैंकको भनाइ छ। यससँगै ग्राहकलाई नगद भुक्तानीभन्दा डिजिटल कारोबारतर्फ आकर्षित गर्ने बैंकको अभियानलाई यस सम्झौताले थप बल मिल्ने बैंकले विश्वास लिएको छ।




