काठमाडौँ। प्राइम कमर्सियल बैंकका पूर्वसिइओको निधन भएको छ। बैंकका संस्थापक कार्यकारी प्रमुख (पूर्वसिइओ) हस्ती नारायणदास मानन्धरको निधन भएको हो ।
मानन्धरको आइतबार मंसिर २१ गते बिहान ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
उनले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरेका थिए।




