निरज लम्सालले पाए प्रभु बैंकको कार्यवाहक सिइओको जिम्मा

काठमाडौँ। प्रभु बैंकको कार्यवाहक सिइओमा निरज लम्साल नियुक्त भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेसँगै लम्साललाई कामु सिइओको जिम्मेवारी दिइएको हो।

३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठत कर्मचारी लम्साललाई आजै (मंसिर १४) गतेदेखि लागु हुने गरी बैंकले कामु सीईओको जिम्मेवारी दिएको बैंकले बताएको छ।

साथै, बैंकले बैंकका सीईओ डिसीईओ लगायतका कर्मचारी पक्राउ परेपनि अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको उल्लेख गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्