ऋणीहरूलाई ऋण तिर्न कृषि विकास बैंकको आग्रह, ३५ दिनभित्र ऋण नतिरे कडा कारवाही गर्ने गम्भीर चेतावनी !

काठमाडौँ। कृषि विकास बैंकले आफ्नो ऋणीहरूलाई अत्यन्तै गम्भीर चेतावनी जारी गरेको छ। बैंकले ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्ने चेतावनी दिएको हो। बैंकले अब कडा कदम चाल्ने निर्णय गरेको छ।

बैंकले पटकपटक सम्पर्कको प्रयास गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि बैंकले कडा कदम चालेको हो। बैंकले ऋणीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन र लिएको ऋण चुक्ता गर्न अन्तिम मौका दिन लागेको छ। यस अवधिसम्म पनि ऋण नतिर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले चेतावनी दिएको छ।

बैंकले ती ऋणीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आइ आफ्नो कर्जा चुक्ता गराउन अन्तिम अवसर दिने योजना बनाएको छ। यस अवधिमा कर्जा ब्याज, साँवा वा अन्य बाँकी रकम तिर्नुपर्नेछ।

यदि ऋणीहरूले तोकिएको समयभित्र बैंकसँग नयाँ समायोजन नगरे वा बाँकी रकम तिरेनन् भने बैंकले अर्को स्तरको कारवाही थाल्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्