DISH HOME

राष्ट्रिय वाणिज्य बैंकमा सुन राख्नेहरुलाई दु:खको खबर !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक सुन लुटिएको प्रकरणमा सो दिन सो शाखामा हराएको भनिएको सुन नै नभएको विषय उठेपछी सिइओ देवेन्द्र रमण खनाल तत्कालीन ब्रान्च मेनेजरमाथी नै अनुसन्धान गर्न दबाब बढेको छ ।

भल्टमा सुरक्षित राख्नुपर्ने सुम सामान्य दराजमा राखेर हुँदै नभएको सुनको पनि हिसाब गरेको हुन सक्ने प्रश्न चौतर्फी उठेपछी बैंक नेतृत्व माथी नै छानविन गर्नुपर्ने माग उठेको हो । बैंकमा सुन राख्नेहरुलाई दु:खको खबर छ । बैंकले धितोमा राखिएको सुन सुरक्षित नराख्ने गरेको, बरु निकै असुरक्षित तरिकाले सामान्य दराजमा राख्ने गरेको पाइएको छ ।

यसरी असुरक्षित राखेकै कारण सो बैंकको थुप्रै सुन चोरले चोरिसकेकोसमेत खुलासा भएको छ । बैंकले गरिसकेको कामको पनि विभिन्न बहाना झिकेर रकम भुक्तान नगर्ने बरु विभिन्न व्यक्तिहरु लगाएर सो काम वापतको घुस माग्ने गरेको खुलासा भएको छ ।

बैंकले गरिसकेको कामको भुक्तान गर्न पनि घुमाउरो पाराले घुस माग्ने गरेको भन्दै विभिन्न निकायमा उजुरी परेपछी यस्तो तथ्य बाहिर आएको हो । यो बैंकले ऋण दिँदा पनि घुस लिने गरेको तथ्य केही समयअघि मात्र बाहिर आएको थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै