काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदा OPD Ticket मा ५० प्रतिशत, Normal Bed Charge मा २५ प्रतिशत, ICU/NICU/PICU/CCU मा १० प्रतिशत, Surgical Treatments मा १५ प्रतिशत, Pathological Lab Charges मा १५ प्रतिशत, Radiological Services मा १५ प्रतिशत र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

 
								 
								 
								 
								 
								 
								
 
								

 
									 
									 
									 
									 
								