DISH HOME

बैंकिङ प्रणालीबाट थप ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले कार्तिक १६ गते ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत रकम निक्षेप संकलन गर्न लगिएको जनाइएको छ ।

अनलाइन बोलकबोल मार्फत आज दिउँसो ३ बजेदेखि देखि सबै इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा नि:शेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन् ।

निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ । क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै