DISH HOME

सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सानिमा बैंकले सेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो सेयर यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले निवेदन पेस गर्दा उक्त मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै