DISH HOME

विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जुट र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुट र अर्थमन्त्री रामेश्वरप्रसाद खनालबीच भेटवार्ता भएको छ। सोमबार अर्थमन्त्री र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेका विविध कार्यक्रमहरूको बारेमा छलफल भएको हो।

उनीहरूबीच आगामी दिनमा सम्भावित सहकार्य र साझेदारीका विषयमा छलफल भएको नेपालस्थित राजदूतावासले जानकारी दिएको छ।

भेटवार्तामा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमणदलका सदस्य तथा विश्व बैंकका विभिन्न परियोजनाका कर्मचारीहरू सहभागी थिए।
अर्थमन्त्री खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन आइतबार वासिङ्टन डिसी पुगेका थिए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै