DISH HOME

वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाएर वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै वित्तीय ठगीबाट बच्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भनिएको छ, ‘के तपाईंले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पाउनुभएको छ ? यदि छ भने सजग हुनुहोला, यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन् ।’

राष्ट्र  बैंकले यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि-नोक्सानी पुग्न सक्ने भन्दै सबै घटना वित्तीय ठगी रहेको जनाएको छ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै