PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकद्धारा ग्राहकलाई मोबाईल नम्वर अपडेट गराउन आग्रह

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाईल नम्वर अपडेट गराउन आग्रह गरेको छ । बैंकले प्रयोगमा नआएको मोबाइल नम्बर बैंकमा जानकारी गराई नयाँ प्रयोग गरेको मोबाईल नम्बर बैंकमा अपडेट गराउन आग्रह गरेको हो ।
बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको छ । यसकारण बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै