काठमाडौँ। सिद्धार्थ बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।
जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस सेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।