DISH HOME

IME Watch (भाग २) : खिलेन्द्रले पाएको अवार्ड ‘विवाद’मा, आफ्नै ग्रुपले प्रायोजन गरेको कार्यक्रममा आफैँ ‘उत्कृष्ट’ ?

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतका दुई प्रमुख कम्पनी — ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड — ले संयुक्त रूपमा प्रायोजन गरेको अवार्ड कार्यक्रममा आइएमईकै पूर्व सीईओ तथा हाल आइएमई लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ रहेका खिलेन्द्र पौडेललाई सम्मान गरिएको छ।

सिजन मिडियाले आयोजना गर्ने सो अवार्ड कार्यक्रमले विगतदेखि नै विभिन्न क्षेत्रका सफल व्यक्तिहरूलाई सम्मान गर्दै आएको भए पनि, यस वर्षको कार्यक्रममा पौडेललाई प्रदान गरिएको “एक्सिलेन्स इन फाइनान्सियल सर्भिसेस अवार्ड” ले भने प्रश्न र विवाद दुवै खडा गरेको छ।

ग्लोबल आइएमई बैंक सो कार्यक्रमको मुख्य प्रायोजक थियो, जबकि आइएमई लिमिटेड पनि सह-प्रायोजकको भूमिकामा थियो । यस्तै अवस्थामा, आइएमई ग्रुपकै उच्च पदाधिकारी रहेका पौडेललाई सोही कार्यक्रममा सम्मान प्रदान गर्नुले हितको टकराव (Conflict of Interest) को गम्भीर प्रश्न उठाएको हो ।

बैंकिङ तथा वित्त क्षेत्रका विज्ञहरूले पनि यसलाई पारदर्शिता र निष्पक्षताको सन्देहपूर्ण अभ्यासका रूपमा व्याख्या गरेका छन्। ‘जब कुनै संस्था वा समूहले आफैंले प्रायोजन गरेको कार्यक्रममा आफ्नै वरिष्ठ अधिकृतलाई पुरस्कृत गर्छ, त्यसको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्नु स्वाभाविक हो’ एक विज्ञले भने ।

‘दिनेले फूर्क्याएर दिएको अवार्ड होस् वा योगदानकै कारण होस्, तर आफ्नै ग्रुपले पैसा खर्च गरेको कार्यक्रममा आफैंले अवार्ड लिनु नै अनुचित देखिन्छ। यसले अवार्डको विश्वसनीयता घटाउँछ र निष्पक्ष कार्यक्रमसमेत विवादमा तानिन्छ।’ आईएमई लाइफमा कार्यरत एक उच्च अधिकारीले भने, ‘खिलेन्द्र सरले पाएको अवार्डले हामीलाई लज्जित बनाएको छ । दिनेले सहि मूल्यांकन गरेर दिएको भए पनि यो त सरासर अवार्ड किनेको जस्तो देखियो । खिलेन्द्र सरले यो अवार्ड लिन्न भन्नुपर्थ्यो । जे भयो गलत भयो ।
आयोजक सिजन मिडियाले अवार्डको छनोट पूर्ण रूपमा योगदानका आधारमा भएको दाबी गर्दै आएको छ । पौडेलले वित्तीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई सम्मान गरिएको र प्रायोजनसँग यसले कुनै सम्बन्ध नराख्ने आयोजकको दाबी छ । तर, आइएमई समूहभित्रै यसबारे असहमति देखिएको छ। केही निकट सहकर्मीहरूका अनुसार, पौडेलले अवार्ड स्वीकार गरेर नैतिक रूपमा गल्ती गरेका छन् ।
यस विषयमा पौडेलसँग सम्पर्क गर्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन्।यद्यपी, यो प्रकरणले एकपटक फेरि नेपालको कर्पोरेट जगतमा हितको टकराव, पारदर्शिता र नैतिकताका विषयमा गम्भीर प्रश्न उठाएको छ।आफैंले प्रायोजन गरेको कार्यक्रममा आफ्नै अधिकारीले अवार्ड लिनु, चाहे त्यो योग्यताका आधारमा होस् वा सम्बन्धका कारण, दुवै अवस्थामा पनि सन्देश गलत जाने र संस्थाको छविमा असर पर्ने कुरा प्रष्ट देखिन्छ।

खिलेन्द्रको कमजोर नेतृत्वमा खस्कियो आईएमई, झस्कियो आईएमई लाइफ !
अवार्ड पाएका खिलेन्द्र आईएमईमा सोचे अनुसारको काम गर्न असफल भएपछि उनलाई हटाएर अहिले दिवाकर पौडेललाई कम्पनीको सीइओ बनाइएको छ । आईएमईमा सेकेन्ड कमाण्डको भूमिकामा रहेका खिलेन्द्रलाई सीइओ बनाएपछि कम्पनी ठूला अपेक्षा राखेको थियो । तर, उनको नेतृत्वमा आईएमई उल्टै खस्कियो । पौडेलले नयाँ केही गर्न सकेनन्, बरु विद्यमान व्यवसाय पनि जोगाउन असफल भए । उनको कार्यकालमा आईएमई एकपछि अर्को विवादमा तानियो र बजार हिस्सेदारी घट्दै गयो । त्यसपछि कम्पनीले ‘खिलेन्द्र फर्स्ट म्यान क्यारेक्टर होइन रहेछन्’ भन्ने निष्कर्ष निकालेर उनलाई हटायो ।

तर, उनी लामो समयदेखि ग्रुपमा सेवा दिइरहेकाले उनीलाई अन्यत्र एडजस्ट गरेर मात्र विदा गर्ने निर्णय गरियो ।त्यसपछि आईएमई लाइफमा कवि फुयाँललाई हटाई, सूर्यज्योतिका सेकेन्ड म्यान पवन कुमार खड्कालाई सीइओ बनाइएको थियो, र त्यही समयमा खिलेन्द्रलाई डेपुटी सीइओ बनाइएको हो । हाल खिलेन्द्र खड्काका अधिनमा काम गर्छन् । अर्थात्, खड्काले जे आदेश दिन्छन्, त्यही पालना गर्नेबाहेक पौडेलको कम्पनीमा कुनै निर्णायक भूमिका छैन ।आईएमई लाइफ इन्स्योरेन्स पब्लिक लिमिटेड पब्लिक कम्पनी हो । आईएमई ग्रुपको लगानी भएकै भरमा कसैलाई ‘जागिर एडजस्टमेन्ट’का लागि राख्दा कम्पनीमा बोझ बढ्ने देखेपछि हाल कम्पनीभित्रै खिलेन्द्रलाई विदा गर्नुपर्ने आवाज उठ्न थालेको छ । तर, ग्रुपभित्र यस विषयमा खुला रूपमा बोल्ने कोही नहुँदा कुरा अहिले ‘गसिप’मै सीमित छ ।यस विषयमा पनि खिलेन्द्र पौडेलको धारणा लिन खोज्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै