PRABHU BANK

लक्ष्मी बैंकले गर्यो रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता गरेको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषि उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।
आज एक कार्यक्रमबीच लक्ष्मी बैंकका तर्फबाट रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य, त्रिवेणी गाउँपालिकाका तर्फबाट अध्यक्ष झक्कु प्रसाद घर्तिमगर र बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराएका छन् । कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै