काठमाडौँ । एनआईसी एशिया बैंकबाट तत्कालीन सीइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएपछि बैंकमा सन्तोष राठी कामु सीइओ बनेका छन् । सकेसम्म अन्तबाट सीइओ ल्याउने, नभए राठीबाटै बैंक चलाउने भनेर लागि परेको बोर्ड, अरु सीइओ नआए राठीबाटै काम चलाउने तयारीमा छ । तर उनको टीम भने विवाद नै विवादले गिजोलिएको रहेको पाइएको छ ।
डेटिङ दौडने कम्पनी सचिव
बैंकमा कम्पनी सचिव दिपेन कार्की छन् । बैंकमा काम गर्न आएकी एक महिलालाई लिएर बैंक समयमै फिल्म हेर्न गएका उनी यौन दुर्व्यवहार केसमा प्रहरीले थानामा थुनेका व्यक्ति हुन् । पछि बैंकमा जागिर दिने सर्तमा उनी थानाबाट निस्किएका थिए । उनलाई थानाबाट निकाल्न रंजन खड्का स्वयम् बैंकको प्रतिनिधि भएर गएको पीडीत युवतीले सार्वजनिक रुपमै भनिसकेकी छिन् । विभिन्न ठाउँमा डेटिङका लागि महिला कर्मचारीलाई लगेर यौन प्रस्ताव राखेको आरोप लागेका उनी कम्पनी सचिव छन् । न्यौपाने सीइओ हुँदा पनि कम्पनी सचिव काममा भन्दा यस्तै बाहिर फुरमास हिडेपछि बैंक बिग्रिएको चर्चा बैंकभित्रै छ । यस्तो अवस्थामा उनलाई नै कम्पनी सचिव राखेर राठीले बैंक कसरी चलाउलान् भन्ने चासो बढेको छ ।
सर्कुलर चुहाउने सहपाठी !
बैंकमा नारायण नेपाल एचआर हेड छन् । तर उनले गोप्य राख्नुपर्ने एचआरसम्बन्धि सर्कुलर सबै बाहिरिन्छन् । बैंकका आन्तरिक सूचनाहरु पनि विभिन्न व्हाट्सएप ग्रुपमा देखिने गरेका छन् । यसको पूर्ण रुपमा जिम्मेवारी नेपालकै भएपनि उनी यसबारे जिम्मा नै लिन तयार देखिएका छैनन् । बैंकभित्र उनको जिम्मेवारीभित्र पर्ने सर्कुलरहरु बाहिरिएको अवस्थामा जिम्मेवारी नलिनु भनेको सो सर्कुलर चुहाउने काममा स्वयम् उनी सहभागी छन् भन्ने आरोपसमेत लाग्दै आएको छ ।
इन्टरनल अडिटका डाटा, पत्रकारसँग भएको चर्चा !
बैंकको इन्टरनल अडिटसँग सम्बन्धित कतिपय गोप्य रहनुपर्ने फाइलहरु केहि आर्थिक पत्रकारसँग भएको खुलासा यसअघि नै भएको थियो । इन्टरनल अडिटमा काम गर्ने एक कर्मचारीले बैंकका गोप्य फाइलहरु सबै एक आर्थिक पत्रकारलाई उपलब्ध गराएको खुलासा भएका बेला यहि टीमसँग काम गर्न राठीलाई सहज नहुने विश्लेषण गरिएको छ । तर राठी न टिम परिवर्तन गर्न सक्ने अवस्थामा छन्, न त यो टीमलाई लिएर अगाडी बढ्न सक्ने अवस्थामा नै छन् ।