काठमाडौँ । बढी नाफा देखाउन, राष्ट्र बैंकलाई नै झुक्याएर निष्क्रिय कर्जाका फाइल लुकाउन इमेल गर्ने बैंक, आफ्ना मान्छेहरुलाई अचम्मको नियम बनाएर बढुवा गर्ने बैंक, आफ्ना कर्मचारीले देहत्याग गर्दा, कर्मचारीकी श्रीमतीलाई कतै व्यवस्था नै नभएको कानुन टेकेर जागिर दिने बैंक, अनि सर्वोच्च अदालतको एक फैसलाले ‘अयोग्य’ भनी ठहर गरेका राम चन्द्र खनालले नेतृत्व गरेको बैंक । हो, यस्तै परिचयले पछिल्लो समय बदनामी कमाईरहेको बैंक अर्थात कुमारी बैंक पुन अर्को विवादमा तानिएको छ । बैंकको १० मिलियन अमेरिकी डलर वापतको ऋणको विषयलाई लिएर युवराज सफल आफैँले घटना अनुसन्धानका लागि अख्तियार पुगेपछि बैंकको अर्को प्रकरण सार्वजनिक भएको हो ।
के हो प्रकरण ? किन विवादमा तानियो बैंकले लिएको ऋण ?
कुमारी बैंकले मिति २०८० असार २७ गतेतिर युरोपेली राष्ट्र लिचेस्टाइनस्थित “EMF Microfinance Fund, AGmvK” नामक संस्थासँग १० मिलियन अमेरिकी डलरको ऋण सम्झौता गरेको थियो । विपन्न वर्ग कर्जा तथा महिला उद्यमीहरूसँग सम्बन्धित एसएमइ क्षेत्रमा लगानी गर्ने उद्देश्यले ल्याइएको भनिएको सो ऋण एक वर्षभित्रै अर्थात् जुलाई २०२४ मा फिर्ता भइसकेको समेत जनाएको छ।
तर, यो ऋण ल्याइएको र फिर्ता गरिएको प्रक्रिया शंकास्पद रहेको दाबी सफलले गरेका छन् । यो ऋणका सम्बन्धमा विशेषगरी दुई विषय उठाइएका छन् ।
पहिलो, नेपालमा अधिक तरलता र कम ब्याज भएका बेला सो ऋण लिनुपर्ने वास्तविक आवश्यकता र व्यावसायिक औचित्य के थियो ?
दोश्रो, ऋणदाता संस्थाको संरचना, लाभग्राही स्वामित्व र लगानी स्रोतबारे पर्याप्त सार्वजनिक जानकारी हुनुपर्नेजति उपलब्ध छैन । यहाँ, कतै यो ऋणका नाममा स्रोत नखुलेको अवैध रकम नेपाल प्रवेश गरेको त होइन ? वा बिदेशी ऋणका नाममा कालोधनलाई सेतो बनाउन त खोजिएन ? भन्ने प्रश्न उठेको छ । र त्यहि विवरणको निक्ष्पक्ष छानविनको माग गरेका छन्, सफलले ।

नेपालमै अधिक तरलता र सस्तो ब्याज भएकै बेला विदेशबाट एक बर्षका लागि किन ऋण लिईयो भन्ने आवाज उठिरहेका बेला, र सो रकम एक बर्षभित्रै फिर्ता गरिसकेको दाबी गरिएका बेला सो रकम कुन-कुन क्षेत्र, व्यक्ति वा संस्थामा लगानी गरियो भन्ने पनि प्रश्न पनि उठेको छ । अझ १ बर्षमा ऋण लिनेले ठ्याक्कै एक बर्षमै सो ऋण तिर्यो त ? के यति ठुलो रकममा कतै कैफियत नै भएन त ? थप थुप्रै शंका उब्जिएको छ ।
विपन्न वर्ग, महिला उद्यमी र साना-मझौला उद्यमका नाममा ल्याइएको ऋण वास्तवमै उनीहरूले पाए भन्ने विषयमा पनि शंका छ ।विपन्न बर्गले ऋण लिए, अनि ठ्याक्कै १ बर्षमै सबैले तिरे, अनि यो प्रक्रियामा सबै काम प्रष्टसँग भयो भन्ने विषयमा शंका उब्जिएको छ । कि यसको विवरण दिनुपर्यो, होइन भने यसमा छानविन हुनुपर्यो भन्ने माग युवराज सफलको छ ।
पौडेलले यस प्रकरणमा स्वतन्त्र छानविनको माग गरेका छन् । पछिल्लो समय कुमारी बैंक विभिन्न गैरकानुनी काम गरेको प्रकरणमा विवादित छ । यहाँनेर प्रश्न उठेको छ- ‘राष्ट्र बैंकले देख्ला भनेर फाइल नै लुकाउन उर्दी जारी गर्ने बैंकमा आएको १० मिलियन डलर विपन्न बर्गमा प्रयोग भयो र समयमा ऋण चुक्ता भयो भनेर भन्न सकिने स्थिति छ होला ?’ यो प्रश्नमा कुमारी बैंक र बैंकको नेतृत्वमाथि छानविन आवश्यक देखेपछि युवराज सफल अख्तियार पुगेका छन् । अव यो केस के हुन्छ, हेर्न बाँकी नै छ ।
Exclusive : प्रचलित कानुन मिचेर कुमारी बैंकमा कर्मचारीहरुको गैरकानुनी बढुवा, राष्ट्र बैंक रमिते ! (प्रमाणसहित)
कुमारी बैंकले सार्वजनिक गर्ने गरेको वित्तीय विवरण नै ‘फेक’ भएको प्रमाण बाहिरियो, क्षितिज खड्काले इमेलमै भने -‘फाइल लुकाउनू’
Banking Sanasr Exclusive : कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, जंगलमा भेटियो शब !