Banking Sanasr Exclusive : कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, जंगलमा भेटियो शब !

काठमाडौँ । कुमारी बैंकका कर्मचारी विष सेवन गरेको अवस्थामा आफ्नो गाडीसहित जंगलमा भेटिएको खुलासा भएको छ । कुमारी बैंकमा इन्टरनल अडिट विभागमा कार्यरत कर्मचारी भरत थापा मृत अवस्थामा भेटिएका हुन् ।

यो प्रकरण केहि समय अघिको हो । बैंकले यो केसलाई मृतककी श्रीमतीलाई जागिर दिएर सामसुम पारेको थियो । ग्लोबल आईएमई बैंकका कर्मचारीले प्राण त्यागेको खबर सार्वजनिक भएसँगै यो केसमा पनि मृतक थापाले न्याय पाउनुपर्ने आवाज उठेपछि केस बाहिर आएको हो ।
भएको के हो ?
भरत थापा बैंकको इन्टरनल विभागमा काम गरिरहेका थिए । एक्कासी उनी सम्पर्कविहीन भए । परिवारले खोज्दै गर्दा उनी उनको गाडीसहित विष पिएको अवस्थामा जंगलमा मृत भेटिए ।
थापाको शब भेटिएपछि बैंकको टर्चरका कारण थापाको ज्यान गएको भन्दै मृतकका परिवार प्रहरीकहाँ पुग्यो । प्रहरी चौकीमै घटनाको गहन अनुसन्धान हुने, जाहेरी बुझ्ने र परिवारले शब बुझ्ने सहमति भयो । बैंकले पनि केस सामसुम पार्न मृतककी श्रीमतीलाई जागिर दिने प्रस्ताव गर्यो । सोहि अनुसार सहमति भयो, र हाल मृतककी श्रीमती सोहि बैंकमा जागिर खाईरहेकी छिन् । तर यति संवेदनशील विषयको अनुसन्धान पछि अघि बढेन ।
यस विषयमा बुझ्दा महानगरीय प्रहरी वृत्त जगातीको मुद्दा शाखाका अधिकारीले शाखाले अहिलेसम्म थापा प्रकरणमा विस्तृत प्रतिवेदन विधि विज्ञान शाखाबाट नआएको र आफूहरू पनि उक्त प्रतिवेदनकै पर्खाइमा रहेको बताए ।

थापाले प्राण त्याग गरेको केहि समय बितिससक्दा पनि यो केसको अनुसन्धान अघि बढेको छैन ।

यसै विषयमा बैंकले भने आफ्ना कर्मचारीले प्राण त्याग गरेको विषयमा आफुलाई थाहा नै नभएको अचम्मको दाबी गरेको छ । बैंकका सूचना अधिकारी चन्दन कार्कीले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको दाबी गरे ।  उनले आफ्ना कोहि पनि कर्मचारी मृत भेटिएको खबर बैंकको जानकारीमा नआएको गैरजिम्मेवार जवाफ दिए ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै