PRABHU BANK

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको एसियन र सूर्या लाइफको संस्थापक सेयर लिलामीमा स्थगित

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई जीवन बीमा कम्पनीको संस्थापक सेयर लिलामीमा स्थगित भएको छ । बैंकले मंसिर १४ गतेदेखि लिलामीमा ल्याएको ४ कम्पनीहरुमध्ये आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ र एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा स्थगित भएको हो ।
बैंकले यसअघि शुक्रबार मंसिर १९ गतेसम्म लिलामीमा बिक्री गर्न लागेको थियो । तर बिशेष कारण देखाँउदै अर्को सूचना जारी नभएसम्मका लागि लिलामी प्रक्रिया रोकिएको जानकारी दिएको छ । बैंकले सूर्या लाइफको १ लाख ९२ हजार ९ सय ९४ र एसियन लाइफको १ लाख ३९ हजार ४ सय ७० कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यस्तै नागरिक लगानी कोष र नेशनल लाइफको लिलामी पक्रिया भने यथावत रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै