PRABHU BANK

सिटिजन्स बैंकको ११ प्रतिशत प्रस्तावित लाधांश पारित

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकको लाभांश पारित भएको छ । बैंकको मंसिर २० गते शनिवार सम्पन्न साधारणसभाले लाभांश पारित गरेको हो ।
साधारणसभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य नाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ १८ पैसा बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने २७ करिड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ ६९ बराबरको नगद लाभांश (कर समेत) दिने प्रस्ताव पारित भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित पनि गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्त बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु पनि छलफल गरी स्वीकृत भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै