prabhu

जेनजी आन्दोलनको प्रभाव: एनआईसी एशिया बैंकका शाखा र एटीएम मेसिनमा व्यापक तोडफोड !

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा देशभर प्रदर्शन तीव्र भएपछि एनआईसी एशिया बैंक पनि यसको प्रत्यक्ष प्रभावित भएको छ । आन्दोलनकारी समूहले बैंकका ६ वटा शाखा, ५ वटा काउण्टर तथा १४ वटा एटीएम मेसिनमा तोडफोड गरेका छन् ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीका अनुसार, तोडफोडका कारण बैंकका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । शाखा र एटीएम मेशिनको उपकरण, गेट, सिसा तथा भित्री सजावट नष्ट भए पनि, बैंकमा सुरक्षित राखिएको रकम भने चोरी हुन नसकेको उनले स्पष्ट पारे ।

हाल बैंकले तोडफोड भएका शाखा र एटीएम मर्मत तथा पुन: सञ्चालनका लागि तत्कालीन कदम चालिसकेको र सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने पनि डीसीईओ राठीले जानकारी दिएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै