prabhu

एनआईसी एशिया बैंक र स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र धनगढी, कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा बेड-हस्पिटल एड्मिट, क्याबिन-हस्पिटल एड्मिट, आइसीयु बेड, भेन्टिलेटर, जेनरल सर्जरी, अर्थोपेडिक, गाइनोकोलोजी, ल्याप्रोस्कपिक अप्रेशन, प्याथोलोजी टेस्ट, भिडियो एक्स-रे, एक्स-रे, इसीजी, इको, टि.एम.टि., इन्डोसकपी र  औषधि जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

सो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै