prabhu

गरिमा विकास बैंकले पायो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ अवार्ड

काठमाडौँ। गरिमा विकास बैंक दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डसबाट सम्मानित भएको छ। बैंक इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डसबाट सम्मानित भएको हो ।

अगष्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक द बेष्ट बैंक र बेष्ट एआई एमएल इम्पिलिमेन्टमेशन विधामा उत्कृष्टसहित सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा रनर अप को अवार्ड प्राप्त गरेको हो।

यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका थिए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै