PRABHU BANK

सनराइज बैंकको ५४औं शाखारहित बैंकिङ सेवा बझाङको राजकोटमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका-३, राजकोटमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५४ पुगेको छ ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा श्री विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने भएको छ । यस्तै कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको पनि बैंकले जनाएको छ ।
बैंकले हालसम्म १ सय ३९ वटा शाखा, १ सय ६१ वटा एटिएम, ५४ वटा शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै