PRABHU BANK

साधना लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने

Sadhana Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २८ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । दोश्रो बजारमा सूचीकृत भएको पहिलो वर्षमा नै संस्थाले दोहोरो अंकको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् । हाल चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको १९ प्रतिशत बोनस पछि चुक्ता पुँजी २५ करोड ९० लाख रुपैयाँ नाघ्ने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै