DISH HOME

महालक्ष्मी विकास बैंकका कर्मचारीले फागुनदेखि नै बैंकको पैसा अपचलन गरेको खुलासा, खातामा पैसा बुझ्न आउनेहरू ह्वात्तै बढे !

काठमाडौँ। महालक्ष्मी विकास बैंकमा बैंकका कर्मचारीले फागुनदेखि नै बैंकको रकम अपचलन गरेको खुलासा भएको छ। बैंकमा ग्राहकले जम्मा गरेको रकम गत फागुनदेखि नै अपचलन भएको खुलेको हो। बैंकका कर्मचारीले नै बैंकको रकम अपचलन गरेको पाइएपछि बैंकबाट पैसा झिक्नेहरू थप बढेका छन्।

बैंकबाट ग्राहकको रकम पचलन हुने गरेको खुलासा भएपछि बैंकमै आएर आफ्नो खातामा पैसा छ कि छैन भनेर बुझ्न आउनेहरू ह्वात्तै बढेका छन्। बैंकका कर्मचारीले ग्राहकको पैसा नै जुवामा हारेको खुलासापछि बैंक पुगेर खाता चेक गर्नेहरू बढेका हुन्। यस्ता घटना सुदूरपश्चिम प्रदेशमा बढी देखिएका छन्।

साथै, बैंकका ग्राहकहरूले बैंकका कर्मचारीले खाता बन्द गर्न नदिएको गुनासो गरेका छन्। बैंकमा ग्राहकले राखेको रकम कर्मचारीले नै अपचलन गरेको खुलासा पछि खाता बन्द गर्न जाँदा बैंकका कर्मचारीहरूले खाता बन्द गर्न पनि नदिएको र न्युनतम ब्यालेन्स राख्नुपर्ने भन्दै खाताको सबै पैसासमेत निकाल्न नदिएको गुनासो ग्राहकहरूले गरेका हुन्।

यता बैंकका सूचना अधिकारी अनुज आचार्यले पनि यस विषयमा प्रतिक्रिया दिन मानेका छैनन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै