PRABHU BANK

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, कर्पोरेट-पे प्रणालीको सुरुवात गर्ने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । बैंकिले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट-पे’ प्रणालीको सुरुवात गर्नको लागि क्लियरिङ्ग हाउससँग सम्झौता गरेको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्ने भएका छन् । उक्त प्रणाली मार्फत connect IPS jf NCHL-IPS भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा पनि रहेको छ । 
यस ‘कर्पोरेट-पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरूले बैंकबाट आवश्यक प्रकृया पुरा गरी आवेदन दिन सक्नेछन् । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् । यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-layer Authentication को व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने व्यवस्था गरिएको छ । 
साथै ग्राहकहरूले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्ध (Link) गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ३ सय ३३ शाखा कार्यालय, ४ सय ७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउन्टर तथा ७४ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै