कुमारी बैंकको नाफामा बिष्फोट ! बढोत्तरी अंक हेर्नेहरु नै छक्क !

काठमाडौँ। कुमारी बैंकले गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५८२९.०१ प्रतिशतले बढेको हो।

सबैलाई तीन छक पार्नेगरी कुमारी बैंकको नाफा ४५ हजार ८ सय २२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा जम्मा ४६ लाख ८ हजार रुपैयाँमात्र खुद नाफा कमाएको बैंकले गत आर्थिक बर्षमा २ अर्ब  ११ करोड रुपैयाँको खुद नाफा आर्जन गरेको हो ।

समीक्षा अवधीमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस हिसाबले बैंकले लाभांश वितरण गर्ने सम्भावना न्यून रहेको छ।बैंकको सञ्चालन मुनाफा बढेर ६ अर्ब १३ करोड ४४ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९७ करोड ३९ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ५२९.८७ प्रतिशतले बढेको छ।

यता बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.४२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म पनि बैंकको एनपीएल ५.९६ प्रतिशत पुगेको थियो। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.०७ रुपैयाँ कायम भएको छ भने अघिल्लो वर्ष ईपीएस ०.०२ रुपैयाँमा सीमित थियो। साथै, पीई रेसियो २७.२३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्