prabhu

राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी जोखिम, बैंकको अवस्था राम्रो देखाउन ऋणीलाई थप ऋण दिएर किस्ता उठाउँदै !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी जोखिम देखीएको छ । नेपाल राष्ट्र बैंकले सरकारी स्वामित्वको तीन बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी जोखिम देखेको पाइएको हो ।

राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा सरकारी बैंकमध्ये सबैभन्दा बढी जोखिम राष्ट्रिय वाणिज्य बैंकमा देखेको छ ।

बैंकमा देवेन्द्र रमण खनाल सिइओ आएपछि बैंकको अवस्था निकै खस्किएको चर्चा चलिरहेका बेला राष्ट्र बैंकले जोखिम देखेको तथ्यले धेरैलाई झस्काएको छ ।

यता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले समेत आफ्नो अवस्था राम्रो देखाउन ऋणीलाई थप ऋण दिएर किस्ता उठाएको पाइएको छ । देशभर एभरगृनिङ भइरहेको तथ्य बाहिर आइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकमा यस्तो देखिएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै