काठमाडौँ। राष्ट्र बैंकका एक सञ्चालक र ज्योति विकास बैंकका सिइओ विरुद्ध अनुसन्धानको माग गर्दै उजुरी परेको छ ।
बैंकले गरेका बदमासीका विभिन्न कैफियत राष्ट्र बैंकको सुपरीवेक्षणका क्रममा देखिए पनि राष्ट्र बैंककै केही संचालकको पावर लगाएर बैंक कारवाहीबाट जोगिएको भन्दै राष्ट्र बैंकका एक सञ्चालक र ज्योति विकास बैंकका सिइओ विरुद्ध अनुसन्धानको माग गर्दै उजुरी परेको छ ।
बैंकले गरेको मनपरीका विषयमा इन्स्पेक्सन टोलीले लेख्ने तर कारवाही नहुने गरेको पाइएको भन्दै बैंक विरुद्ध उजुरी परेको हो ।