prabhu

बैंकहरुलाई ऋण बढाउन गभर्नरको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुलाई ऋण बढाउन निर्देशन दिएका छन् । ऋण प्रवाह बढी हुँदामात्र अर्थतन्त्र चलायमान हुने भन्दै पौडेलले बैंकहरुलाई ऋण बढाउन निर्देशन दिएका हुन् ।

उनले आर्थिक वर्ष २०८२-८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल कार्यक्रममा बोल्दै बैंकका सिइओहरुले मनलाग्दी बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका छन् ।

बैंकका सिइओ र गभर्नरबीचको छलफलका क्रममा सिइओहरुले विकल्प नै नदिई एक्कासी बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका हुन्।

योसँगै उनीहरूले अहिले बाफिया विधेयकमार्फत बैंकर र व्यवसायी छुट्याउने सरकारले तयारी गरे पनि त्यसका लागि उपयुक्त विकल्प दिनुपर्नेमा जोड दिएका छन् । गभर्नर पनि सिइओहरुले दिएको सुझावप्रति पोजेटिभ रहेको बुझिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै