काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) विरुद्ध सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कार्यक्रम घोषणा गर्दै सोमबारदेखि मुल्यांकनसम्बन्धि सम्पुर्ण कार्य देशभर ठप्प पारेर सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा उत्रिएका हुन् ।
पछिल्लो समय एनआइएमबि बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरूले आन्दोलनको घोषणा गरेका थिए ।
सोही अनुसार एनभिएले साउन १२ गते सोमबारदेखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएका छन्।
यता उनीहरूले काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशनसमेत दिएका छन्।