DISH HOME

सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंक अग्रस्थानमा, आठ पटकसम्म उत्कृष्ट करदाता घोषित !

काठमाडौं । गएको आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबीच सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक पुन: शीर्ष स्थानमा देखिएको छ । नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदा ग्लोबल आईएमई बैंक तेस्रो स्थानमा परेको ठूला करदाता कार्यालय स्रोतले जनाएको छ।

नविल बैंकले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि सबैभन्दा धेरै आयकर बुझाएको हो । नेपाल लाइफले करिब ३ अर्ब २० करोड रुपैयाँ तिरेको छ भने नबिलले त्यसभन्दा बढी कर तिरेको बताइएको छ। ग्लोबल आईएमई बैंकले झन्डै २ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ।

तर, साउन महिनासम्म कर तिर्ने समय बाँकी रहेकाले हालसम्म तिरेको रकम अन्तिम नहुनसक्ने कर कार्यालयले जनाएको छ।

स्रोतका अनुसार, ‘हालसम्मको विवरण अनुसार नविल अगाडि देखिएको छ, तर अन्तिम सूची साउनपछि मात्रै सुनिश्चित हुन्छ। कसैले अग्रता पाउनकै लागि थप कर तिर्ने सम्भावनासमेत रहन्छ।’  नबिल बैंक यसअघि आठ पटकसम्म उत्कृष्ट करदाता घोषित भइसकेको छ । यस वर्ष पनि शीर्ष स्थानमा कायम रहेमा नबिल नवौं पटक उत्कृष्ट करदाता बन्नेछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै