DISH HOME

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता भएको छ। बैंक र हस्पिटलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा सुविधामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

बैंकको उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

एनआईसी एशिया बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै