PRABHU BANK

प्रभु बैंक लिमिटेडद्धारा नयाँ सेवा संचालनमा, क्यू आर कोडबाट टेम्पो भाडा भुक्तानी गर्न सकिने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना मोबाईल बैंकिङ सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो । 
यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने भएका छन् । यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने भएको छ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ । 
उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरुले भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुने भएका छन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै