काठमाडौँ। पछिल्लो समय बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको छ। बैंकको काममा प्रेसर धेरै नै भएको भन्दै विभिन्न बहानामा बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको हो।
काममा प्रेसर भएको भन्दै विभिन्न बहानामा ग्लोबल आईएमइ बैंकका कर्मचारीले असार मसान्त नजिँकिदै गर्दा नै जागिर छोडेका छन् । विदेशको भिसा लागेको, घरमा बा आमा सिकिस्तै भएको लगायतका बहाना बनाएर बैंकको जागिर छोड्नेहरु ह्वात्तै बढेका हुन् ।
नेपालमा बैंकका जागिर छोड्दै विदेश जाने वा निजी क्षेत्रमा जाने प्रवृत्ति वास्तवमै तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार विगत १ वर्षभित्र वाणिज्य बैंकका तीन हजार भन्दा बढी कर्मचारीहरूले जागिर छाडेका छन्।
अत्यधिक कामको बोझ र लक्ष्यको दबाब, तलब तथा सुविधामा असन्तुष्टि, बैंक मर्जर, प्रशासनिक भेदभाव र गुटबन्दीका कारण पनि बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको छ।