काठमाडौँ। कतिपय बैंकका कर्मचारीहरु अफिसमा असार मसान्त चलिरहेको बाहानामा घरमा ढाँटेर बाहिर रमाइलो गरिरहेको पाइएको छ ।
घरमा असार मसान्त छ भनेर बाहाना बनाउने तर फिल्म हेर्न जाने, बाहिर साथीभाइसँग रमाइलो गर्ने, घर अबेर आउनेजस्ता हर्कत ब्रान्च मेनेजरहरुबाटैसमेत भएको पाइएको हो ।
यसरी केही मेनेजरहरुले झुट बोल्दा रात विरात बैंकको काम गरिरहेकाहरुको आत्मासम्मानमासमेत चोट पर्ने देखिएको छ ।