prabhu

नमिठो संयोग : बर्षैपिच्छे जेठ असारमा सिटिजन्स बैंकका कर्मचारी र संचालकलाई हृदयघात, दुईले गुमाईसके ज्यान, थप २ अझै बिरामी !

काठमाडौँ । । सिटिजन्स बैंक इन्टरनेशनलकी संचालक इला शर्माको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । बैंकका सिइओ गणेश राज पोखरेलले उनको निधनको पुष्टि गरे । पोखरेलका अनुसार उनको पार्थिव शरीर नर्भिक अस्पतालमा राखिएको छ ।  उनले लामो समयसम्म पत्रकारिता समेत गरेकी थिईन्। उनका दुई छोरी छन् ।

संयोग नै भन्नुपर्छ केहि अघिल्लो जेठमा मात्र सिटिजन्स बैंकमा कार्यरत एक अर्का कर्मचारीलाई हृदयघात भएको थियो । उनी अहिले सामान्य अवस्थामा काम गरिरहेका छन् ।
अघिल्लो जेठमा सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको पनि हृदयघातबाटै निधन भएको थियो । बैंकको कामले उनी विदेशमा हुँदा उनलाई हृदयघात भएको थियो । त्यसकै जेठमा पनि सिटिजन्स बैंकका अर्का एक कर्मचारीलाई हृदयघात भएको थियो ।

सिटिजन्स बैंकमा हृदयघात हुने कर्मचारीको फेहरिस्त यतिमै सकिन्न । बैंकका प्रबन्धक विवेक स्वाँरको पनि केहि बर्ष अगाडी मात्र हृदयघातकै कारण निधन भएको थियो ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै