काठमाडौं । असार मसान्त नजिकिँदै गर्दा सिटिजन्स बैंक इन्टरनेशनलकी संचालक इला शर्माको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । बैंकका सिइओ गणेश राज पोखरेलले उनको निधनको पुष्टि गरे । पोखरेलका अनुसार उनको पार्थिव शरीर नर्भिक अस्पतालमा राखिएको छ ।
आइतबार विहान करिब ९-१० बजे उहाँको पार्थिव शरीर कुपण्डोलस्थित घरमा लगिनेछ। दिल्लीमा रहेकी छोरी आएपछि भोलि दिउँसो अन्त्येष्टि गरिने पारिवारिक स्रोतलाई उदृत गर्दै पोखरेलले जनाएका छन् । यसअघि सिटिजन्स बैंककै डेपुटी सिइओको पनि हृदयघातबाट निधन भएको थियो ।
गत बर्षमात्र सिटिजन्स बैंकका ३ दर्जन बढी कर्मचारीलाई हृदयघात भईसकेको छ ।