काठमाडौँ। नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार २७ गते आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घर कर्जाको सीमा बढाएको हो।
अब घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा दिइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यस किसिमको कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुराएको छ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।