prabhu

चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू, चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् अब चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने व्यवस्था लागू गरेको हो।

राष्ट्र बैंकले चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार चेक काट्ने र पाउने दुबैले मिलापत्र गर्न चाहेमा यो प्रकृया सजिलो भएको हो ।

राष्ट्र बैंकले चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ जारी गर्दै कालोसूचीमा समावेश हुने अवस्थाहरुलाई संशोधन गर्दै खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित हुने भएमा खातामा मौज्दात भए पनि चेकधारकले उल्लिखित विवरण सही भएको यकिन गर्नसक्ने अवस्थाबाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा चेक अनादर भई कालोसूचीमा राख्न सकिने व्यवस्था गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै