काठमाडौं । ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जिउँदो मान्छेलाई मरिसकेको प्रमाणित गरेर खाता नविकरण र चेक साट्ने काम भएको खुलासा भएको छ । शैल्यशिखर नगरपालिकाले मर्दै नमरेको मान्छेलाई मरिसकेको दाबी गरेर यस्तो काम गरेको खुलासा भएको हो ।
ग्लोबल आइएमई बैंकमा मृत सिफारिस गरिएका जानकी धामी र मन्जु धामी जिवितै रहेको खुलासा भएपछि यस्तो बदमासी बाहिर आएको हो ।
शैल्यशिखर नगरपालिका कृषि शाखा प्रमुख दिपक राज बिस्टले कृषि शाखाबाट दुबै जनाको मृत्यु प्रमाणित गरेर बैंकलाई खाता नविकरणका लागि सिफारिस गरेका थिए।