PRABHU BANK

एसियाली विकास बैंक र नेपाल सरकारबीच सम्झौता, नेपालको विद्युतीय ग्रीड आधुनिकीकरण गर्ने

Asian Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एसियाली विकास बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंकसँग सरकारले सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकले सरकारलाई १८ अर्व २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण प्रदान गर्ने भएको छ । 
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् । सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिएका छन् ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्व ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्व २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्व ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिने भएको छ । विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै