DISH HOME

आउँदो आर्थिक वर्षदेखि राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकमा नियुक्त हुने कर्मचारीहरुले पेन्सन नपाउने

काठमाडौँ। आर्थिक वर्ष २०८२-८३ देखि नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकमा नियुक्त हुने कर्मचारीहरुले पेन्सन नपाउने भएका छन् । सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएपछि यस्तो अवस्था बनेको हो ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकलाई परिपत्रसमेत गरिसकेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने चेतावनीसहित अर्थ मन्त्रालयले पत्राचार गरेको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै