काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ बस्ने ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका ६ बस्ने ३६ वर्षीय सुनिल लामा रहेका छन् ।
उनीहरूले आफ्नो खातामा पैसा नहुँदा पनि जाली चेक दिएर लाखौँ ठगी गरेर फरार रहेका थिए।
खड्काको नाममा ४७ लाख ३६ हजारको बैंकिङ्ग कसुरको ४ वटा मुद्दा र लामाको नाममा ३७ लाख रुपैयाँको बैंकिङ्ग कसुरको ३ वटा मुद्दा दर्ता भएपछि उनीहरू फरार भएका थिए।
बैंकिङ कसुर गरेर फरार रहेका दुबै जनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।