काठमाडौँ। नेपाल राष्ट्र बैंकले योजना गरेको विद्युतीय भुक्तानी प्रणालीमार्फत भएका आपराधिक क्रियाकलाप र जोखिम विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ८ गते आयोजना गरेको सो कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना र बम बहादुर मिश्रको उपस्थीती रहेको थियो। कार्यक्रममा विद्युतीय भुक्तानी प्रणालीमार्फत भएका आपराधिक क्रियाकलाप र जोखिम विषयमा गहन छलफल भएको थियो।
नेपालमा विद्युतीय भुक्तानी प्रणालीमा व्यापक विकास भइरहेको बेला आपराधिक गतिविधि र साइबर जोखिमहरू पनि तेजीले बढेको उक्त कार्यक्रमका सहभागीहरूले बताएका छन्। कार्यक्रमका केही तस्विरहरू: