PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले गत आर्थिक वर्षको ९.६८ प्रतिशत लाभांश पाउने

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले गत आर्थिक वर्षको लाभांश पाउने भएइका छन् । कम्पनीका सेयरधनीहरुले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ९.६८ प्रतिशत लाभांश पाउने भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रस्तावित गरेको लाभांश दर घटेको छ । 
कार्तिक २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको हो ।यससँगै अब कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात हालको चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । 
हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । ९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४३ करोड २५ लाख रुपैयाँ नाघ्ने छ । उक्त नयाँ लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै